काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा-५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गरेका हुन् ।
अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।



























