झापा । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टीका दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका प्रसाद ग्रहण गरेका छन् ।
अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीले उहाँ र श्रीमती राधिका शाक्यलाई गृहजिल्ला झापा दमक-९, शान्तिमार्गमा रहेको निजी निवासमा बिहान उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद लगाइदिएका हुन् ।





















