काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो ।
यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।
उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । यस्तै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।
यसैगरी, बैठकमा विभिन्न दलहरुसँग चुनावी तालमेल गर्ने नगर्नेबारे पनि छलफल गरिने जनाइएको छ ।




















