काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु टिक वितरणमा अन्याय भएको भन्दै धर्नामा बसेका हुन् ।
एक घण्टाका लागि धर्नामा बसेकाहरुमा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् ।
सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै धर्नामा बसेकाहरुले समान अवसर र न्यायको माग गरेका छन् । आफ्ना माग पूरा नभए स्वतन्त्र उम्मेदवारी दिनेसहितको गृहकार्यमा असन्तुष्ट पक्ष लागेको छ ।