काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्य भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्षसहित सबै नेता–कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन् ।
नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आज सो पार्टीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटीका अधिकांश नेताहरु एमालेमै फर्किएका हुन् ।नवप्रवेशी नेकपा एसका नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टसहितका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।
सो कार्यक्रममा नेकपा एसका जिल्ला कमिटीका अधिकांश नेताहरु एमाले फर्किएको घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै भट्टराईले नेकपा एसमा लागेर गम्भीर भूल भएको र सो पार्टी कम्युनिष्ट हुनै नसक्ने तथ्यहरु देखिएकाले एमालेमै फर्किएको बताए ।
भट्टराईले भने, ‘अब समाजवादी केका लागि भन्ने प्रश्नको जवाफ पाउन सकिन्न, अब समाजवादीका सबै नेता–कार्यकर्ता एमालेमा फर्कनुपर्छ, यिनीहरु सुध्रनेवाला छैनन् भन्ने प्रष्ट भइसकेको छ ।’