काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन् ।
पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए ।