काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा रिटको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ ।
शुक्रबार हुने भनिएको सुनुवाइ समय अभावका कारण आजका लागि सारिएको थियो । आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा रिट परेका हुन् ।