काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका समापति शेरबहादुर देउवाले आगमीनिर्वाचनमा आफ्नो पक्षका नेतालाई धेरै टिकट बाँड्ने सूचना पाएपछि नेपाली कांग्रेसको शेखर कोइराला पक्ष बेग्लै छलफलमा जुटेको छ ।
देउवालाई दबाब बढाउन कोइराला पक्षले आज छुट्टै बैठक गरेको छ भने भेली शनिवार स्वयम्भूमा शेखर पक्षले छुट्टै भेलाको तयारी गरेको हो ।
भेलाका लागि शेखर पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरू लगायत बोलाइएको छ ।




















