काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
युवासंघले बानेश्वर-माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो ।
प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको बताएका छन् ।
संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेका बेला युवा संघले राष्ट्रपतिको समर्थनमा सडकमा प्रदर्शन गरेको हो ।




















