काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ ।
सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।
‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आएकाले भएको के रहेछ भनेर बुझ्न हाम्रो टोली उनको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले भने ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै जवराले आजबाट काममा फर्कने खुलासा गरेका थिए ।
विहान ११ वजे सर्वोच्च जाने तयारीमा रहेका जवरालाई सरकारले काममा फर्किन नदिन उनको निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन नदिएपछि सरकारको सर्वत्र आलोचना भएको छ । सामाजिक सञ्जालमा आक्रोश पोख्दै युवाहरुले सरकार नाताशाही भएको आरोप लगाएका छन् ।



















