काठमाडौँ । महाअभियोग सिफारिस समितिले छलफलमा बोलाएका चार पूर्वप्रधानन्यायाधीशहरु पनि गएनन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका चार जना पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाएको थियो ।
पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायमाझीलाई बिहीबार दिउँसो १ बजे समितिले छलफलका लागि बोलाएको थियो । तर उनीहरु चारै जना छलफलमा सहभागी भएनन् । उनीहरुले नआउने समितिलाई जानकारी गराइसकेको बताइएको छ ।
यसअघि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु पनि समितिले बोलाएको छलफलमा सहभागी नहुने निर्णय गरेका थिए ।
चोलेन्द्रले बयानका क्रममा लान्छना लगाएका वार एसोशिएसनका पूर्वपदाधिकारी तथा वरिष्ठ वकिलहरुलाई पनि समितिले छलफलका लागि दिउँसो ३ बजे बोलाएको छ।



















