काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।
धनुषा–२ बाट निर्वाचित सांसद तथा लोसपाका सचेतक अरगरिया असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम रहेको र उनलाई अध्यक्ष केपी ओलीले नै स्वागत गर्ने कार्यक्रम रहेको अरगरिया निकट स्रोतले बताएको छ ।
०७४ को चुनाव तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका अरगरिया राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा लोसपातिर लागेका थिए ।



















