काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने निर्णय गरेको छ ।
समितिको मंगलबारको बैठकले बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो ।
आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुको नाम लिएका थिए ।
जबराले भ्रष्टाचार मुद्दामा फैसल्ला हुन लागेपछि सत्तासिन दलका नेताहरुले आफुलाई मुद्दा लगाएर उम्किन खोजेको बताएका छन् ।
जबराले सत्तासिन दलहरुका नेताले आफुलाई राजिनामा दिए महाअभियोग नलागउने आश्वासन दिएकोसमेत खुलासा गरेका थिए ।
जवराले राजीनामा दिए महाअभियोग नलगाउने भनेर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर आएको खुलासा गरेको केही नवित्दै नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले आफू निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको क्वाटरमा गएको स्वीकार गरेकी छन् । उनले एक अनलाइनसँग कुरा गर्दै राणालाई ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव राखेको बताएकी छिन् ।
आफूले सहमहामन्त्री जितेपछि न्यायालयका धेरै मानिसले पटक-पटक फोन गरेर प्रधानन्याधीश राणा ‘ग्रेसफुल एक्जिट’ को लागि प्रधानमन्त्रीसम्म कुरा पुर्याइदिन आग्रह गरेको उनको भनाइ छ ।
उनले भनेकी छिन् ‘प्रधानमन्त्रीकोमा कुरा पुर्याउनको लागि त मैले उहाँ ९राणा० सँग नभेटी त हुँदैन नि रु उहाँको कुरा सुनिसकेपछि मात्रै म प्रधानमन्त्रीसँग यो कुरा राख्न सक्छु र राजीनामा दिइसकेपछि महाअभियोग फिर्ताको सम्भावना हुनसक्छ भन्ने हिसाबले म भेट्न गएको हो ।’
डिनाले आफूले भेटेर भेटर निकैबेर कुराकानी गरेको र जवरालाई निकास दिन आग्रह गरेँको बताएकी छिन् ।



















