काठमाडौँ । सरकारले कर्मचारीको सरुवा गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन नजिकिँदै गर्दा सरकारले धमाधम कर्मचारीहरुको सरुवा गर्दै आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एकैपटक २९ जना सहसचिवको सरुवा गरेको हो ।
निर्वाचन आयोगले सरकारलाई भदौ २० गते भित्र सबै पदस्थापन र सरुवाको काम गरिसक्न निर्देशन दिए पनि सामान्य प्रशासन र गृह मन्त्रालयले आचारसंहिता उल्लंघन गर्दै सरुवाको कार्यलाई हालसम्म निरन्तरता दिँदै आएको छ ।
हेर्नुहोस् सरुवा भएका सहसचिवहरूको सूची: