काठमाडौं । राष्ट्रियसभाका चार बिषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।
सवै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सवै सर्वसम्मत भएका छन् । यद्धपी बिहीबार बसेको समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेद्वारी दिएका छन् । उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।
त्यस्तै विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहेका छन् । त्यस्तै प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्माले उम्मेदवारी दिएकी छिन । उनको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा छन् ।
त्यसैगरि राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुनः दिलकुमारी रावलले उम्मेद्वारी दिएकी छिन् । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहेका छन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार बिहीबार बस्ने समितिको बैठकले सभापति चयन गर्ने छ ।
चार समिति मध्ये विधायन नेकपा एकीकृत समाजवादी, दिगो विकास कांग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा एमालेले लिएको छ ।



















