काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना भाइरसका (कोभिड–१९) का संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।




















