काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बस्न घर उपलव्ध गराएर उनकै आडमा विभिन्न सडक, पुललगायतको ठेक्का लिएर अलपत्र पार्दै आएका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा।लि कालोसूचिमा परेको छ । विभिन्न ठेक्का लिएर बषौंदेखि अलपत्र पार्दै आएका अधिकारीको कम्पनी कालोसुचिमा परेसँगै अब ३ वर्ष ठेक्कापट्टा गर्न नपाउने भएको छ ।
प्रधामन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदा प्रसाद अधिकारीको कम्पनीलगायत १० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयले अधिकारीको कम्पनीले ३ वटा सडक निर्माण समयमै नगरेको भन्दै कालोसूचीमा राख्न पठाएको थियो । सडक निर्माणको लागि बारम्बार ताकेता र समयअवधि थप गर्दा पनि काम नगरेपछि शैलुङलाई कालोसूचीमा राखिएको हो ।
निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु–मड्खु सडक र त्रिशूली/छहरे–विदुर सडक योजनामा काम नगरेको उल्लेख गर्दै कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले अर्भाली इन्फापावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. संयुक्त उपक्रमले काम गर्न नसकेका हुन् ।
भारतीय कम्पनी अर्भाली इन्फ्रापावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लिले ३ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कार्यमा ठेक्का लिन नपाउने भएका छन् ।
‘त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट २२० के.भी प्रसारणलाइन आयोजनामा काम गर्ने चिनियाँ कम्पनी ३ वर्षको लागि कालोसूचीमा परेको छ। चिनियाँ कम्पनी झोङ्डिङ इन्टरनेश्नल इन्जिनियरिङ क.लि कालोसूचीमा छ।
नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय दरबारमार्गमा समयमै काम नगर्ने कम्पनीलाई कालोसूचीमा परेको छ । चाङक्विङ वाङविन इलेक्ट्रिक कर्पोरेसन लिमिटेड ३ वर्षमा कालोसूचीमा राखिएको छ ।
त्यस्तै बलिया कन्स्ट्रक्सन इटहरीको कम्पनी १ वर्ष, जोनसोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि १ वर्ष, जस्ट इन टाइम कस्ट्रक्सन पोखरा १ वर्ष कालोसूचीमा परेका छन् ।
महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रा.लि २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ। एस्पियल ग्रुप अफ इन्जिनियर्स विराटनगर, सर्जिमेड डिस्ट्रिब्युटर्स धरान र तुम्येहाङ निर्माण सेवा, फिदिमलाई १ वर्ष कालोसूचीमा राखिएको छ।
शारदाप्रसाद अधिकारी प्रचण्डका घेरवेटी मात्र होइन, प्रचण्डका लगानीकर्ता भएको चर्चा पनि हुँदै आएको छ । अधिकारी प्रचण्ड र अन्य माओवादी नेताहरुको पैसा लगानीकर्ता मात्र रहेको मुमाराम खनाललगायतले आरोप लगाएका छन् ।
प्रचण्डका घरवेटी अधिकारीले ८ वर्षदेखि ठेक्का लिएर सडक निर्माण नगरेपछि नुवाकोटका स्थानीयले सास्ती भोग्न् परेको छ भने त्यसको असर फोहोर व्यवस्थापनमा समेत परेको छ । सडक नबेनको र त्यसले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सो सडकको दुरावअस्थाको भिडियो फेसवुकमा शेयर गर्दै लेखे “श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।”
मेयर साहको त्यो पोष्ट आठ हजारभन्दा बढीले शेयर गरेका छन् भने त्यो भन्दा बढी कमेट आएको छ । कमेन्ट गर्नेहरु अधिकांसले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन् ।


























