काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् ।
सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको १५ औँ वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए ।
साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ । साउन महिनाभर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।
























