काठमाडौं । जीर्ण बनेको त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्याली निकालेका छन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर सकिएको थियो ।

























