काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं आउँदै गरेको बस रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा थुप्रै हताहत भएको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको बताइएको छ । शव संकलन र उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
























