काठमाडौं । स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाँउ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् ।
नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले बिभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका हुन ।
डाक्टर र नर्स जान नमानेका कारण नै केहि जिल्लामा चिकित्सको अभाव भएको उनको भनाई छ । उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरुले मानसिकता बनाउनुपर्ने धारणा राखेका छन् । मन्त्री खापुङले समायोजनाका बिषयमा पनि कर्मचारीहरुबाट अनेक समस्या आएको उल्लेख गरेका छन् ।
कार्यक्रममा संघले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।