काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई सेवा हड्ताल गर्न नपाउने क्षेत्र हो भन्ने नभूल्न चेतावनी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।
प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने दोहोरुयाउँदै हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नबिर्सन सुझाव दिएका छन् ।
वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएको, सेवाशुल्क वृद्धि गरिएको लगायतप्रति असन्तुष्टि जनाउँर्दै वायुसेवा सञ्चालकहरुले आन्दोलित बनेका छन् ।