काठमाडौं । नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको फन्दामा परेका छन् ।
रायमाझीले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सुचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले निजलाई घुस लिइरहेको अवस्थामा ३० हजार रुपियाँसहित रुपन्देही सिद्धार्थनगर नगरपालिकामा रहेको नापी कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।




















