काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । समितिले कानुनी बाधाअड्चन हटाएर विमानस्थल निर्माणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।
सर्वोच्चको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्ल निर्माण नगर्न आदेश दिए पनि आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण छिटो अघि बढाउन सरकारलाई सुझाएको छ ।
बैठकले भनेको छ, ‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’
लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिले निष्कर्ष निष्कर्ष निकालेको छ ।




















