भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेको आपत्तिपछि भरतपुरको स्थगित मतगणना पुनः शुरु भएको छ ।
एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको थियो । हिजो हँसिया हथौडामा परेको त्यस्तै मतलाई सदर गरेका निर्वाचन अधिकृतले आज अमान्य भनेपछि विवाद भएको थियो । अब त्यस्तो मत जसको चिन्हमा परे पनि अमान्य हुने सहमति पछि पुनः मतगणना शुरु भएको बताइएको छ ।
























