काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले २८२० मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५०७ पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।
काठमाडौं महानगरको वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।
























