काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाँणले तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाँणले यात्रुहरूले समस्या पाइरहेको गुनासो आएपछि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समाधानका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
बैठकमा गृह सचिव टेकनारायण पाण्डे र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी पनि सहभागी थिए ।

























