काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन् भने मंगलबार पनि कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।




















