काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ८१९ रहेको मन्त्रालयले जनाएको छ ।




















