काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरीबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।
जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले लिएको छ ।



















