काठमाडौं । अवैध रूपमा लुकाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका–६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्मराज भट्टराई रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।




















