सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएकोमा तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीनजनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
























