काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वलाई भव्य, सभ्य र सुव्यवस्थित रुपमा सञ्चालन गरी सम्पन्न गर्न भन्दै गठन गरेको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता देखिएको छ ।
कोषका कार्यकारी निर्देशक एवं तथ्यांक तथा मूल्याकन उपसमितिका संयोजक डा. घनश्याम खतिवडाले ७ फागुनमा उपसमिति सदस्यमा गरेको मनोनयनमा अधिकांश कलाकाररू रहेका छन् ।
नवल खड्का, रेजिना उप्रेती, सान ताम्राकार, मोहन निरौला, चेतबहादुर सिंह, पनाहा अधिकारी, पवित्रा आचार्य, शितल केसी, उद्धबप्रसाद भट्टराई, पवनप्रसाद खतिवडासहितका कलाकार उपसमिति सदस्यमा मनोनयन भएका छन् ।


























