काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकिराखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
























