बुर्किनाफासो । बुर्किनाफासोको दक्षिण पश्चिमको एउटा गाउँको अस्थायी सुनखानीमा भएको बिस्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । सुनखानीस्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । बिस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् ।
घटनास्थलमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटन स्थल वरपर रुखहरु ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।
बिस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ । (एजेन्सी)
























