काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारबाही गरेको छ ।
बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कारबाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारीसाधन चलाउने ३५ जना, मदिरा पिएर सवारीसाधन चलाउने ४४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।