काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् । बिहीबार १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बिहीबार २१ हजार ७ जनाको पीसीआर र ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।




















