काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड-१९ संक्रमण देखिएको छ ।
शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात् संक्रमण पुष्टि भएको पौडेलले बताउनुभएको छ ।
संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बस्नुभएको छ । ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उहाँले भन्नुभएको छ ।
यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उहाँ पनि आइसोलेसनमा रहनुभएको छ ।



















