आज २ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु
सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुखद घटना भएको थियो । स्कटल्यान्डको ग्लास्गोमा दुईओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाइते भएका थिए ।
रेगानले गभर्नरको सपथ खाएको दिन
सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए । सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए ।
लुना १ अन्तरिक्षमा
सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो । लुना १ चन्द्रमा नजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो ।
नयाँ ग्रह पत्ता लागेको दाबी
सन् १८६० मा अर्बान ली भेरिअरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए । तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन । बृहत् खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन ।

























