Margadarsan


  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट, १३ जनाको मृत्यु, ९८ जना घाइते

    मार्गदर्शन १९ मंसिर २०७८, आईतवार

    जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ ।

    दुई वटा शवको पहिचान भइसकेको र अन्यको पहिचानका लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएको छ ।
    दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजा स्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

    कार्यकर्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । (रासस/सिन्ह्वा)

    फेसबुक प्रतिक्रिया