चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आउनुभएको छ । भोलि शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आउनुभएको हो ।
अध्यक्ष ओलीसँगै धर्मपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुग्नुभएको छ । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गर्नुभएका ओली सिधै सौराहा जानुभएको छ ।
उहाँका लागि बस्ने व्यवस्था सौराहामै गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्नुहुनेछ ।
नेकपा एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।