सिन्धुपाल्चोक । आषाढ महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका वडा नं.७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएकाले स्थानीयबासीहरु प्रभावित भईरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित चनौटेमा कार्तिक ४ गतेबाट परिचालित नेपाली सेनाले बेलिबृज निर्माण कार्य गरिरहेको छ ।
सो पुलको डिजाइन र लागत तयार भइ हाल बेलीबृज जडान गर्ने स्थानमा दुवैतर्फ होम बैंक र फर बैंकको निमार्णको काम भएको सेनाले जनाएको छ । पर्खालको लागि ढुङ्गा फोर्ने तथा संकलन गर्ने तथा फिलिङ्गको काम भइरहेको बताइएको छ ।
गाउँपालिकासङको सहकार्यमा ह्युम पाइप राखी अस्थायी ट्याक डाइभर्सन निर्माण गरी अहिलेलाई आवागमनमा सहज गरिएको र उक्त डाइभर्सनको नियमित मर्मत सम्भार गर्ने गरिएको सेनाले जनाएको छ । अहिले दैनिक ४५/ ५० यात्रुबाहक र मालबाहक गाडीहरु उक्त पुलबाट आवतजावत भइरहेको छ । उक्त डाइभर्सनबाट किउल, टिम्बु, पाँचपोखरी लगायत हेलम्बु सम्मको बाटो खुल्ला भएको छ ।
जडान गरीने बेलिब्रिजका अधिकांश सामग्रीहरू दमौलीबाट ढुवानी गरी स्थान विशेषमा एकीकृत गरिसकेको र केही सामग्री ल्याउने क्रममा रहेको बताइएको छ बेलिब्रिज निर्माणको कामका क्रममा २४ जना स्थानीयवासीलाई रोजगारीको अवसर दिइएको छ । बेलिब्रिज पौष मसान्तसम्म जोडी संचालनमा ल्याइ सक्ने योजना रहेको सेनाले जनाएको छ ।
https://youtu.be/7Lo3WrqouNo