काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनाले द्वन्दग्रस्त मुलुकहरुमा ‘युएन मिसन’ अन्तर्गत खटिएर महत्वपूर्ण योगदान पुर्याउदै आईरहेको छ ।
यसै सिलसिलामा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार काठमाडौंबाट मंगलबार नेपाली सैनिकको टोली सिरियातर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ मा तैनाथ श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) चौथो डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) पाचौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शा.से.) दोश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शा.से.) पहिलो डफ्फालाई बदली गर्नको लागि श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) पाचौं डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) छैठौं डफ्फा, श्री लेवल १ ९ं० अस्पताल (शा.से.) तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शा.से.) दोश्रो डफ्फाको अन्तिम फ्लाईटमा सेनानी राधाकृष्ण खड्काको नेतृत्वमा १९२ जना नेपाली शान्ति सैनिक युएन चाटर्ड फ्ल्याइट मार्फत काठमाण्डौंबाट मिशन ईलाका सिरियातर्फ प्रस्थान गरेका छन् ।

कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको नेपाली सेनाले जनाएको छ ।




















