सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गम्भीर प्रकारको दीर्घरोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो । पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गर्नुभएको थियो । (रासस)























