काठमाडौं । जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको तथ्यांक विभागले राष्ट्रिय जनाएको छ ।
आज एक विज्ञप्ति प्रकाशित गर्दै विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन आम सर्वसाधारणलाई आह्वान पनि गरेको छ ।
जनगणनाका प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदायरसंघसंस्था र विषय विज्ञहरुसँगको पटक–पटक छलफलबाट प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिइएको विभागले स्पष्ट पारेको छ ।
प्रश्नावली निर्माण लगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत अवलम्बन गरिएको पनि विभागले जनाएको छ ।
जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावलीप्रति आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागको प्रश्नावली सच्याउन माग गरेपछि विभागले सो बारे प्रष्ट पार्न विज्ञिप्त प्रकाशित गरेको हो ।
‘विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ –





















