काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा आराधना गर्नुभएको छ । उहाँले बुधबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा–आराधना गर्नुभएको हो ।
छठ पर्वको मुख्य दिन आज बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआराधना गरी मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्य देवको आराधना, उपासना र पूजा गरिन्छ । यो पर्व सोमबारदेखि शुरु भएको हो ।




















