काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेको मन्त्रालयले जनाएको छ ।




















