काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।
शनिबार थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



















