काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएको छ । शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृ वात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिनुभयो । (रासस)



















