काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ६६४ जनामा परिक्षण गर्दा ५३३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज थप ४९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४१६  पुगेको मन्त्रालयले जनाएको छ ।